
पोखरा । पोखरामा जारी तेइसौँ आहा रारा पोखरा गोल्डकपको फाइनल प्रतिस्पर्धामा विभागीय त्रिभुवन आर्मी क्लबले अग्रता हासिल गरेको छ ।
खेलको ३८औं मिनेटमा टीम कप्तान जिलेस्पीजंग कार्कीले गोल गरेका हुन् ।
सिद्धान्त चौधरीले दायाँ साइडबाट हानेको कर्नरमा विपक्षीको बक्सको बायाँ साइडमा अनमार्क रहेका कार्कीले हेड प्रहार गर्दै गोल गरेका हुन् ।
योसंगै पहिलो हाफको खेल सकिएको छ ।
प्रतियोगिताको इतिहासमा थ्रीस्टारले पाँच पटक उपाधि उचालेको छ भने आर्मी हालसम्म उपाधिविहीन छ
प्रतियोगिता विजेता टोलीले रु १२ लाख एक हजार, उपविजेताले रु छ लाख एक हजार नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् ।
यसैगरी विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन् ।
प्रतियोगितामा एक विदेशी सहित १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।





