
तनहुँ । तनहुँमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्युनेमा शुक्लागण्डकी नगरपालिका वडा नं. ६ ओखलेका २८ वर्षका सन्तोष कुमाल रहेका छन् ।
आज बिहान सोही ठाउँको कुम्ले खोलामा विद्युतीय तारको प्रयोग गरी माछा मार्नेक्रममा करेन्ट लागेर कुमाल गम्भीर घाइते भएका थिए ।
उनलाई तत्कालै जिपी कोइराला श्वास प्रश्वास केन्द्र बेचलौतारा पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।





