
पोखरा । लायन्स क्लब अफ पोखरा पिस भ्यालीले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ ।
क्लबले धादिङ ज्वालामुखी गाउँपालिका वडा नं. ५, घर भै हाल पोखरा महानगरपालिका वडा नं. ४ बस्दै आएका रामबहादुर विकलाई २५ हजार रुपैयाँ प्रदान गरिएको हो ।
विकको आन्द्राको क्यान्सर भएर केही महिनादेखि उपचाररत छन् ।
सो सहयोग रकम डिष्ट्रिक्ट चिफ पुरुषोत्तम पराजुलीले हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा उनले लायन्स मानवीय सेवा गर्ने संस्था भएकाले आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए ।
सो अवसरमा डिष्ट्रिक्ट चिफ सुदीप ओझा पनि सहभागी थिए ।
क्लबका अध्यक्ष श्रीकृष्णको अध्यक्षतामा भएको कार्यक्रमको संयोजकमा राजकुमार सुनार थिए ।
कार्यक्रम सञ्चालन क्लबका सचिव रिजन पंथीले गरेका थिए ।





