पाँचौं नेपाल आइडलको पोखरा अडिसन छोरेपाटनमा

पोखरा । नेपाल आइडल पाँचौं संस्करणको पोखरा अडिसन माघ २३ गते मंगलबार हँुने भएको छ ।

अडिसन छोेरेपाटनस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा हुने बताइएको छ ।

गायन क्षेत्रमा रुची भएका १६ देखि ३० वर्षसम्म उमेर समूहका युवायुवतीले अडिसनमा सहभागिता जनाउन सक्नेछन् ।

पुस २१ गते झापाबाट सुरु भएको अडिसन पोखरामा हुँदा यहाँका संगीतप्रेमीहरु उत्साहित छन् ।

नेपाल आइडलको पाँचौं संस्कारणमा पपनि न्ह्यू बज्राचार्य, ईन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा निर्णायकको भूमिकामा छन् ।

नेपाल आइडल गायकको खोजी गर्ने उपयुक्त माध्यम भएको निर्देश सुरेश पौडेले जानकारी दिए ।

उनले पोखराबाट धेरै प्रतिभाहरु नेपाल आइडलका अघिल्ला सिजनहरुमा आएको भन्दै यस पटक पनि उत्कृष्ट प्रतिभा पोखराबाट आउने बताए ।

नेपाल आइडल सिजन १ देखि ४ सम्मका विजेता क्रमशः बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं र भूपेन्द्र थापा मगर हुन् ।

पहिलो नेपाल आइडलका विजेता बुद्ध लामा पोखरा कै हुन् । पोखरा अडिसका लागि नेपाल आईडलको टोली पोखरा आउँदैछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button