पोखरा । उद्योग तथा व्यवसायी महासंघ गण्डकीको अध्यक्षमा कास्कीका बबरजङ्ग गुरुङ निर्वाचित भएका छन् ।
महासंघ गण्डकीको शनिबार सम्पन्न प्रथम अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।
महासंघको उपाध्यक्षद्वयमा तनहुँमा ईश्वरबहादुर विष्ट र बागलुङका भवनराज बराललाई चयन गरेको छ भने सचिवमा कास्कीका यमनाथ पौडेल र कोषाध्यक्षमा कास्कीकी पार्वती पाण्डेलाई निर्विरोध निर्वाचित गरेको छ ।
महासंघको उपसचिवहरुमा कास्कीका नगेन्द्रप्रसाद पोखरेल र काशी गुरुङ, म्याग्दीका नारायण शर्मा, स्याङ्जाका सुशिला सिग्देल चयन भएका छन् ।
महासंघको सदस्यहरुमा पर्वतका खगेश्वरी शर्मा पौडेल र नारायणबहादुर कुँवर, बागलुङका सोमराज पाठक, तनहुँका आनन्द सुन्दर श्रेष्ठ र हस्तबहादुर खड्का, म्याग्दीका भोजबहादुर रिजाल र अमृता ल्वागुन, लमजुङका कल्पना थापा बोहोरा, सरोज पौडेल र युवराज पौडेल, कास्कीका प्रकाश थापा, थोमनाथ अर्याल, शिवप्रसाद तिवारी, र यादवप्रसाद पोखरेल चयन भएका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution