पोखराको प्रगतिनगरबाट ७ जना जुवाडे रंगेहात पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले ७ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ । शनिबार साँझ ७ बजे पोखरा महानगपालिका वडा नं. १२ अमरसिंह प्रगतिनगर टोलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पोखरा महानगपालिका वडा नं. १२ प्रगतिनगर टोल बस्ने वर्ष ६५ को नरबहादुर गुरुङ, फूलवारी बस्ने वर्ष ३७ का बलराम थापा, गुठीटोल बस्ने वर्ष ४४ का भीमबहादुर मगर, लालीगुराँस टोल बस्ने वर्ष ५३ की कृष्ण कुमारी गुरुङ र वर्ष ४९ का जसबहादुर गुरुङ, हस्पिटलचोक बस्ने ५२ को सोमबहादुर तामाङ र गोरखालाईन बस्ने वर्ष ५० की मिना गुरुङ रहेका छन् ।

उनीहरुको साथबाट ६४ हजार ८ सय ९५ रुपैयाँ नगद बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

पक्राउ परेकाहरु विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर सम्बन्धी मुद्धामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको डीएसपी विकले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button