स्वागतटोल आमा समूहको अध्यक्षमा मधु केसी निर्वाचित

पोखरा । पोखरा महानगरपालिका वडा नंं ५ स्थित स्वागतटोल आमा समूहको अध्यक्षमा मधु केसी निर्वाचित भएकी छन् ।

समूहको प्रथम साधारणसभा तथा अधिवेशनले केसीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

समूहको उपाध्यक्षमा लक्ष्मी तिमिल्सिना, सचिवमा लक्ष्मी शर्मा पौडेल, कोषाध्यक्षमा धनकुमारी शर्मा, सहसचिवमा सीता सापकोटा रहेका छन् ।

समूहको कार्यसमिति सदस्यमा देवी पौडेल, भीमकुमारी भण्डारी मगर, दुर्गा आचार्य तिमिल्सिना, माया ढकाल, अनिता थापा, पूजा अधिकारी, सविता पौडेल, माया श्रीपाली, सीता भण्डारी र नारायणी सुवेदी छन् ।

यसअघि भेलाको उद्घाटन वडासदस्य एवं कार्यपालिका सदस्य हरिमाया विश्वकर्माले गरेकी थिइन् । त्यस अवसरमा उनले दिदीबहिनीहरुका लागि वडा कार्यालय र महानगरबाट हुने र मिल्ने सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

वडासदस्य कल्पना भुवाँजीले आफ्नो हक अधिकारका लागि महिलाहरु नै जागरुक हुनुपर्नेमा जोड दिइन् ।

स्वागत टोल विकास संस्थाका अध्यक्ष नारायण ढकाल, सचिव सागर पौडेल, सल्लाहकार लक्ष्मण तिमिल्सिनाले बोलेका थिए ।

समूहकी अध्यक्ष मधु केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मी तिमिल्सिनाले स्वागत र सदस्य सीता कुमारी शर्माले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button