
पोखरा । आज पोखराका केही स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र अन्तर्गत कुँडहरबाट सञ्चालित ११ केभीको रामबजार फिडरको विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
कुँडहरबाट बिजयपुर खोलासम्म र रामबजार फिडरबाट वितरित स्थानहरूमा विद्युत सेवा अवरुद्ध हुने केन्द्रले जनाएको छ ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने पोखरा वितरण केन्द्रले सूचना प्रकशित गरि जानकारी दिएको छ ।
पोखरा-मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत पोखरा महागरपालिका वडा नं. १४ चाउथेमा नयाँ पोलमा कन्डक्टर (तार) तान्ने काम हुने भएको विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
कार्यक्रम सकिएपछि विद्युत सेवा सुचारु हुने तर मौसम अनुकूल नभएमा सो कार्य नहुने केन्द्रले उल्लेख गरेको छ ।





