आजको मौसम : पोखरामा धूम्म, अन्यत्र कस्तो होला ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जसका कारणले गण्डकी प्रदेशको राजधानी पोखराको मौसम आज बिहानैदेखि धूम्म भएको छ । आइतबारदेखि नै बिग्रिएको पोखराको मौसम आज बिहान ८ बजेसम्म पनि कायमै छ । योसँगै चिसो पनि बढेको महसूस भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रहि गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा तथा देशका बाँकी भूभागको मौसम मुख्यतया सफा छ।

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै गण्डकी, लुम्बिनी,  बागमती र कोशी प्रदेशका पहाडी भूभागको एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

राती देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ ।

गण्डकी, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागको एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button