पोखराका पावरहाउस चोकबाट दुई युवक पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित दुई युवकलाई प्रकाउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ३० खुदी बस्ने २२ वर्षीय पुकार छत्कुली र पोखरा-१५ नयाँगाउँ बस्ने २९ वर्षीय दोर्जे गुरुङ रहेका छन् ।

वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको टोलीले शनिबार पावरहाउस चोकमा सवारी चेकजाँच गर्ने उनीहञ्रु लागूऔषधसहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट डाईजापाम २६ एम्पुल, फेनरागन २३ एम्पुल, नुर्फिन २३ एम्पुल गरी ७२ एम्पुल लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

उनीहरुविरुद्ध जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button