पोखरा । पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारीका पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति विरुद्ध जाहेरी दिएका छन् ।
जाहेरीमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनकाे नामसमेत जोडिएकाे छ ।
पीडितहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका हुन् । पीडितको जाहेरी दर्ता भने भएको छैन ।
यस विषयमा सरोकारवाला निकायसँग छलफल भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पीडितहरुले आइतबार नै जाहेरी दर्ता गर्न खोजेका थिए । तर प्रहरीले प्रक्रिया नमिलेको भन्दै फर्काएको थियो ।
बचतकर्ताका १ अर्व भन्दा बढी रकम अपचलन गरेर सहकारीका पूर्व अध्यक्ष गितेन्द्र (जीबी) राईसहित डेढ दर्जन बढी व्यक्तिहरु फरार छन् ।
सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसहित केहीलाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution