पोखरा । वडा प्रहरी कार्यालय बगरमा स्तनपान कक्ष स्थापना गरिएको छ । महिला प्रहरी र सेवाग्राहीका बच्चालाई स्तनपान गर्न सहजता प्रदान गर्ने उद्देश्यले स्तनपान कक्ष स्थापना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापा र पोखरा महानगर पालिका वडा नं. १ का वडाध्यक्ष सहारा प्रधानले स्तनपान पक्ष शुभारम्भ गरे ।
वडा कार्यालय र स्थानीयको सहभागितामा १ लाख ६७ हजार ३ सय ७५ रुपैयाँको लागतमा स्तनपान कक्ष निर्माण गरिएको हो ।
स्तनपान कक्ष निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष चित्रबहादुर थापाका अनुसार वडा कार्यालयबाट ८७ हजार २ सय २६, उपभोक्ता समितिबाट ४२ हजार २ सय, समाजसेवी सञ्जय अधिकारीले २२ हजार २ सय ८७ रुपैयाँ सहयोग गरेका छन् ।
स्तनपान कक्षमा भारतीय राजदूतावास पेन्सन वितरण कार्यलय पोखराका कर्मचारी चेतबहादुर खत्रीले आफ्ना पिता गंगाबहादुर खत्रीको स्मृतिमा १४ हजार ५ सय बराबरको फर्निचर सामाग्री सहयोग गरेका थिए ।
सो अवसरमा कास्की प्रहरी प्रमुख थापाले वडा प्रहरी कार्यालय बगरमा राम्रो कामको थालनी भएको बताए ।
उनले प्रहरी संगठनमा ११ प्रतिशत महिला प्रहरी रहेकामा कास्कीका मात्रै १ सय ४४ जना रहेको बताए ।
उनले भने, ‘महिला प्रहरी मात्रै नभए कार्यालयमा आउने सेवाग्राहीका लागि पनि यस्ता सेवा उपयोगी हुनेछ ।’
सरकारी तथा सार्वजनिक स्थानमा स्तनपान कक्ष बनाउनु पर्ने कानूनमा नै व्यवस्था भएको उनले बताए ।
वडाध्यक्ष प्रधानले महिला प्रहरी तथा सेवाग्राहीलाई यसले सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।
बगर प्रहरी प्रमुख बोधराज रेग्मीले वडालाई महिलामैत्री सँगै आम नागरिकलाई स्तरीय सेवा दिन सधैं प्रतिवद्ध रहेको बताए । उनका अनुसार बगर प्रहरी मातहतमा १५ जना महिला प्रहरी छन् ।
समितिले यसअघि प्रहरी अधिकृत तथा जवान व्यारेक, शौचालय, भगवती मन्दिर, कार्यालय परिसर ढलान, महिला व्यारेक, कन्ट्रोल रुम लागयतका संरचना निर्माण गरिसकेको छ ।
समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार रामविक्रम राणा, प्रहरी सहायक निरीक्षक बलबहादुर थापा लगायतले बोलेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution