ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, ट्याक्टर चालक फरार

कपिलवस्तु । कपिलवस्तुमा आज दिउँसो ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक शिवराज नगरपालिका वडा नं. १ भलुहीका १७ वर्षीय ईश्वर थारू रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका थारुको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोही दुर्घटनामा घाइते भएका एक जनाको बुद्धपोलिक्लिनिक गोरुसिंगेमा उपचार भइरहेको छ ।

बुद्धभूमि नगरपालिका वडा नं. ९ ईमिलियास्थित सडकमा लु४त ५१११ नम्बरको ट्याक्टरले लु५५प ८६८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button