गायिका मेनुका गृह जिल्ला झापामा, भनिन्-नसोचेको सफलता हात पारेँ

काठमाडौँ । गायन रियालिटी शो इन्डियन आइडल सिजन-१४ बाट बाहिरिएकी गायिका मेनुका पौडेलले नेपालको साङ्गीतिक क्षेत्रले आफूलाई अझ बढी मेहनत गर्न सिकाएको बताएकी छन् ।

आइतबारको एपिसोडमा शोबाट बाहिरिएको घोषणा भएलगत्तै सोमबार गृह जिल्ला झापा आइपुगेकी गायिका पौडेलले नेपालले सङ्गीत क्षेत्रमा अझ धेरै मेहनत गर्ने प्रेरणा दिएको बताइन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

भारतको रियालिटी शोमा आफू उत्कृष्ट दशमा पुग्नु नै आफ्नो लागि ठूलो सफलता भएको उनले बताइन्।

उनले आफूले नसोचेको सफलता हात पार्दा धेरै नै खुसी मिलेको बताइन् । उनले यस्तो सफलता आफूले बिरलै पाउने बताइन् ।

बलिउडमा धेरै गीतहरू गाउनका लागि अफर आइरहेको बताइन् । गायिका पौडेललाई सोमवार झापामा साहित्य चौतारी तथा सप्तक सङ्गीत विद्यालयले सम्मान तथा अभिनन्दन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button