गायिका मेनुका गृह जिल्ला झापामा, भनिन्-नसोचेको सफलता हात पारेँ

काठमाडौँ । गायन रियालिटी शो इन्डियन आइडल सिजन-१४ बाट बाहिरिएकी गायिका मेनुका पौडेलले नेपालको साङ्गीतिक क्षेत्रले आफूलाई अझ बढी मेहनत गर्न सिकाएको बताएकी छन् ।

आइतबारको एपिसोडमा शोबाट बाहिरिएको घोषणा भएलगत्तै सोमबार गृह जिल्ला झापा आइपुगेकी गायिका पौडेलले नेपालले सङ्गीत क्षेत्रमा अझ धेरै मेहनत गर्ने प्रेरणा दिएको बताइन् ।

भारतको रियालिटी शोमा आफू उत्कृष्ट दशमा पुग्नु नै आफ्नो लागि ठूलो सफलता भएको उनले बताइन्।

उनले आफूले नसोचेको सफलता हात पार्दा धेरै नै खुसी मिलेको बताइन् । उनले यस्तो सफलता आफूले बिरलै पाउने बताइन् ।

बलिउडमा धेरै गीतहरू गाउनका लागि अफर आइरहेको बताइन् । गायिका पौडेललाई सोमवार झापामा साहित्य चौतारी तथा सप्तक सङ्गीत विद्यालयले सम्मान तथा अभिनन्दन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button