पाेखरा । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित बन्नुपर्ने बताएका छन् ।
गण्डकी प्रदेशसभाको छैटौँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले त्यसो हुनसके मात्र आमनागरिकले लोकतन्त्रको सुखद् अनुभूति गर्न पाउने उल्लेख गरे ।
गण्डकी प्रदेशसभाको पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी दोस्रो कार्यकालको पनि एक वर्ष बितेको उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले प्रदेशको स्थापनाका क्रममा जनताले गरेका सबै लक्ष्य र चाहना पूरा गर्ने तथा सङ्घीयताको औचित्य पुष्टि हुने गरी काम गर्ने जिम्मेवारी प्रदेश सांसद र सरकारको काँधमा आएको बताए ।
कस्तो कानुन निर्माण गर्ने र त्यसबाट के हासिल गर्ने भन्ने कुरा नेतृत्वकै हातमा रहेको उल्लेख गर्दै उनले त्यो जिम्मेवारी प्रदेश सरकार र सांसदलाई गण्डकी प्रदेशवासीले सुम्पिएको बताए ।
“पहिलो कार्यकालमा प्रदेशका लागी चाहिने धेरै ऐन कानुन निर्माण भएका छन्”, प्रदेश प्रमुख गुरुङले भने, “प्रदेशलाई स्थायित्व दिने गरी धेरै कार्यको सुरुवात भएको छ । अब तिनै उपलब्धिलाई टेकेर नयाँ अवसर खोज्नुपर्ने दायित्व आएको छ ।”
प्रदेशसभाबाट निर्माण हुने ऐन कानुन आमनागरिकका समस्यालाई समाधान गरी जीवनस्तर माथि उठाउने दिशामा केन्द्रित हुने प्रदेश प्रमुख गुरुङले विश्वास व्यक्त गरे ।
जनताले प्रदेश सरकारका माध्यमबाट औद्यौगिकीरण, रोजगारीका अवसरको सृजना, विकास निर्माण, सुशासनको अनुभूति, गास, बास, कपास, शिक्षा स्वास्थ्य, सुरक्षा जस्ता आधारभूत आवश्यकताको व्यवस्था लगायतमा आश गरेको उल्लेख गर्दै उनले त्यो पूरा गर्न प्रदेश सरकार अझै गम्भीर भएर लाग्न जरुरी रहेको बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution