गोरखामा १४ वर्षकी नाबालिका बलात्कृत, ५५ वर्षका पुरुष पक्राउ

  • पोखरा न्यूज
  • २०८० माघ २२
गोरखामा १४ वर्षकी नाबालिका बलात्कृत, ५५ वर्षका पुरुष पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय गोरखाले नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको शहीदलखन गाउँपालिका वडा नं. ६ ज्यामीस्वाँराका ५५ वर्षीय मीनबहादुर थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार थापाले माघ १९ गते शुक्रबार बिहान ११ः३० बजे १४ वर्षकी नाबालिकालाई आफ्नै घरमा ललाइफकाई जबरजस्ती करणी गरेका थिए ।

नाबालिकामाथि करणी भएको भन्दै आमाले जाहेरी दिएपछि अभियक्त थापालाई माघ २१ गते आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

थापाविरुद्ध आज जबरजस्ती करणी कसूर शीर्षकमा मुद्धा दर्ता गरि जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस