गोरखामा १४ वर्षकी नाबालिका बलात्कृत, ५५ वर्षका पुरुष पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय गोरखाले नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको शहीदलखन गाउँपालिका वडा नं. ६ ज्यामीस्वाँराका ५५ वर्षीय मीनबहादुर थापा रहेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार थापाले माघ १९ गते शुक्रबार बिहान ११ः३० बजे १४ वर्षकी नाबालिकालाई आफ्नै घरमा ललाइफकाई जबरजस्ती करणी गरेका थिए ।

नाबालिकामाथि करणी भएको भन्दै आमाले जाहेरी दिएपछि अभियक्त थापालाई माघ २१ गते आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

थापाविरुद्ध आज जबरजस्ती करणी कसूर शीर्षकमा मुद्धा दर्ता गरि जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button