खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : नेता अधिकारी

गलकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपालको २६औँ स्थापना दिवसका अवसरमा बागलुङ शाखाले आयोजना गरेको प्रेस चौतारी कप अन्तर विद्यालय फुटबल प्रतियोगिता मूल समारोहमा उनले खेल क्षेत्रको विकासका लागि सरकारले पूर्वाधारमा लगानी बढाउनुपर्ने बताए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

“राष्ट्रको पहिचानसँग जोडिएको खेल क्षेत्र अहिले उपेक्षित छ, खेल पूर्वाधारमा राज्यले लगानी बढाउन आवश्यक छ”, पूर्वमुख्यमन्त्री अधिकारीले भने, “प्रेस चौतारी बागलुङले खेलकुद र खेल पत्रकारितको विकासका लागि जिल्लास्तरीय प्रतियोगिता आयोजना गरेको रहेछ, स्थानीय सरकारले साथ र सहयोग गरेको देखियो, खेल क्षेत्रलाई सबै मिलेर विकास गरौँ ।”

उक्त प्रतियोगिता १२ समूहको सहभागिता थियो । प्रतियोगितामा चिल्ड्रेन लाइफ स्कुल च्याम्पियन बन्न सफल भएको छ ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठ, नेकपा एमाले बागलुङका अध्यक्ष हीराबहादुर केसी, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, नेकपा एमाले प्रचार सदस्य रामकृष्ण ज्ञवाली, प्रेस चौतारी नेपाल गण्डकी प्रदेश अध्यक्ष इन्द्र पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्का, प्रेस चौतारीका केन्द्रीय सदस्य तारानाथ आचार्य, बागलुङ नगरपालिका-२ का वडाअध्यक्ष सुरज बोसेल, बागलुङ नगरपालिका-१ का वडाअध्यक्ष जयबहादुर केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button