मित्रमिलन सहकारी प्रकरण: विष्णुप्रसाद भण्डारी पक्राउ

पोखरा । पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थामार्फत बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. २३ घर भइ हाल पोखरा-५ बस्दै आएका विष्णुप्रसाद भण्डारी रहेका छन् । उनलाई सोमबार राति ८ बजे घरबाटै पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । उनी सहकारी रकम हिनामिना प्रकरण बाहिरिएपछि  फरार भएका थिए ।

पक्राउ गरेका भण्डारीलाई मंगलबार अदालत पेस गरिने प्रहरीले जानकारी दिएको छ । भण्डारीले सहकारीको २० लाख रुपैयाँ चलाएको आरोप छ ।

यद्यपि विष्णुप्रसाद भण्डारीले वित्तीय अनुसन्धानका क्रममा बयान दिने क्रममा आफ्नो खाताबाट निकासी गरिएको  २० लाख सम्बन्धमा कृतिम खाताबाट राखिएको सो कारोबार आफ्नो नभएको तर प्रमुख कार्यकारी अधिकृत किरणले फोन गरी भूलवस हजुरको खातामा रकम दाखिला हुन गएकोले सो रकम निकासी गरिदिन अनुरोध गरेपछि सोही बमोजिम अधिकारीलाई चेक दिएको भनी लिखित बयान दिएको अभियोजन पत्रमा उल्लेख छ ।

यो सहकारी घोटला प्रकरणमा ३३ जना मुछिएर पक्राउ पुर्जी जारी भएकामा हालसम्म ७ जना पक्राउ गरेका छन् भने बाँकी फरार छन् ।

सहकारीका ३ हजार ४ सय ४६ वचतकर्ताका २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएकोमा सरकारी वकिलको कार्यालयले कानुन बमोजिम सजाय र २१ करोड बिगो माग दावी गरेर मुद्दा दायर गरेको छ ।

(नोट : यसअघि प्रकाशित समाचारमा रकम र तस्बिर सम्बन्धमा भुलवस त्रुटि हुन गएकोमा अद्यावधिक गरेका छौं । स.)

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button