लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कास्की १ (ख) मा उदिम

पोखरा । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कास्की क्षेत्र नं १ (ख) प्रदेशसभा क्षेत्रीय कार्यसमितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले उदिम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

महासंघको उपाध्यक्षमा सुचित तामाङ, महिला उपाध्यक्षमा तारा राना मगर, सचिवमा सम्मर बहादुर श्रेष्ठ, सहसचिवमा मधु धौ बन्जरा चयन भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यहरुमा तीलक लामा, मीनबहादुर गुरुङ, किरण गुरुङ, बिरमती गुरुङ, बेलवहादुर गुरुङ, भोलामान गुरुङ छन् ।

यस्तै, प्रदेश प्रतिनिधिमा रीता गुरुङ, सोनु श्रेष्ठ, ईश्वरी गुरुङ, प्रेम गुरुङ, योगेन्द्र गुरुङ र अमृत गुरुङ चयन भएको निर्वाचन अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button