आजको मौसम : उच्च पहाडी क्षेत्रमा हिमपात, तराईमा हुस्सु र कुहिरो

  • पोखरा न्यूज
  • २०८० माघ २३
आजको मौसम : उच्च पहाडी क्षेत्रमा हिमपात, तराईमा हुस्सु र कुहिरो

पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखरामा चिसो महसुस भएको छ । पोखरामा केही तुँवालो लागेपनि मौसम सफा रहने संकेत गरेको छ ।

अहिले बिहान देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

गण्डकी, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी राति गण्डकी, कोशी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

साथै गण्डकी, कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस