महिला सञ्जालद्वारा नेतृत्व विकासका लागि सकारात्मक सोँच प्रशिक्षण

  • पोखरा न्यूज
  • २०८० माघ २३
महिला सञ्जालद्वारा नेतृत्व विकासका लागि सकारात्मक सोँच प्रशिक्षण

पोखरा । महिला सञ्जाल पोखरा महानगरपालिका वडा नं. ६ द्वारा आयोजित संस्थागत नेतृत्व विकासका लागि सकारात्मक सोँच प्रशिक्षण सम्पन्न भएको छ ।

वडा कार्यालय पोखरा-६ को सहकार्यमा भएको कार्यक्रममा वडाभित्रका १८ वटा महिला समूहका सदस्यहरु गरि ४ सय २० जनाको सहभागिता रहेको अध्यक्ष बबीता मल्लले जानकारी थिइन् ।

कार्यक्रममा सहभागीलाई विकाशदेव योञ्जनले सकारात्मक सोंचबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा-६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले प्रशिक्षणले महिलाहरुको क्षमता बढ्ने र समाज रुपान्तरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

सञ्जालका अध्यक्ष मल्लको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य पवित्रा थापाले स्वागत, सञ्जालका सचिव रेनु लामिछानेले कार्यक्रम सञ्चालन र सञ्जीवनी नारी समूहबाट अध्यक्ष भगवती बानियाँले कार्यक्रम बारे चर्चा गरेकी थिइन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस