थासाङ थकाली सेवा समाजको अध्यक्षमा चन्द्रबहादुर थकाली निर्वाचित

पोखरा । थासाङ थकाली सेवा समाजको केन्द्रीय अध्यक्षमा चन्द्रबहादुर थकाली निर्वाचित भएका छन् ।

समाजको पोखरामा सम्पन्न १०औं साधारणसभा तथा पाँचौं महाधिवेशनले थकालीलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो । उनी यसअघि सचिवको जिम्मेवारीमा थिए ।

समाजको वरिष्ठ केन्द्रीय उपाध्यक्षमा यमप्रसाद थकाली, उपाध्यक्ष (महिला) मीरा थकाली, कोषाध्यक्ष घराना थकाली, महासचिव विष्णु थकाली, सहसचिव भीषण थकाली निर्विरोध निर्वाचित भएका छन् ।

समाजको सदस्यहरुमा प्रमिता थकाली, रत्नसिंह थकाली र जीवन थकाली छन् ।

सल्लाहकारमा जयन्द्रलाल थकाली, पूर्णलाल थकाली, महेन्द्रबहादुर थकाली, कैलाशबहादुर थकाली र शक्तिप्रसाद थकाली रहेको निर्वाचन संयोजक कैलाश बहादुर थकालीले जानकारी दिए ।

महाधिवेशनमा मुस्ताङ, पोखरा, काठमाडौं, भैरहवा लगायतबाट प्रतिनिधि सहभागी थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button