
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ११ फूलबारी सफा मार्ग बस्ने बर्ष ४४ की दीपा लामिछाने रहेकी छन् ।
यहि माघ ५ गते अदालतले बिगो लेनदेन मुद्धामा लामिछानेलाई एक बर्ष कैद सजाय फैसला गरेको थियो । उनी त्यसै दिनदेखि फरार भएकी थिइन् ।
उनलाई पक्राउ गरि आज अदालतमा उपस्थित गराइएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।





