पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागू औषधसम्बन्धी मुद्धाका एक फरार प्रतिवादी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. २० घर भई हाल पोखरा १६ दीप बस्दै आएका बर्ष २६ का रितिक परियार छन् ।
कास्की प्रहरीका अनुसार जिल्ला अदालतले गत असोज १५ गते लागूऔषध सम्बन्धी मुद्धामा १ वर्ष ७ महिना कैद सजाय र ५० हजार रुपैयाँ जरीवानाको फैसला गरेको थियो । सोही दिनदेखि परियार फरार थिए ।
उनलाई पक्राउ गरि आज अदालत पेस गरिएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution