
पोखरा । गण्डकी प्रदेशका यातायात र मजदूर सम्वद्ध विभिन्न ६ वटा संघसंस्थाले गण्डकी प्रदेश सरकारले ल्याएको यातायात व्यवस्था नियमावली २०८० का केही बुँदा खारेज र केही बुँदा संशोधन गर्न माग गर्दै संयुक्तरुपमा ज्ञापन पत्र बुझाएका छन् ।
संघसंस्थाहरुले यातायात सम्बद्ध व्यवसायी, मजदूर र सरोकारवालासँग छलफल र बहस नगरिकन नै गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली प्रकाशन गरिएको भन्दै आपत्ति जनाउनुका साथै प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले खारेज र संशोधन गर्नुपर्ने १७ वटा बुँदा समेटेर ज्ञापन पत्र बुझाएका हुन् भने प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयलाई जानकारी गराएका छन् ।
साथै उनीहरुले आफूहरुको माग ७२ घण्टाभित्र पूरा नगरिए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।
गण्डकी प्रदेशस्थित नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र एकीकृत यातायात मजदुर संगठनले संयुक्तरुपमा ज्ञापन पत्र बुझाएका हुन् ।
यस्ता छन् संशोधन र खारेज गर्नुपर्ने बुँदाहरु







