पोखरा-१३ मा अब सहजै पत्ता लाग्छ लोकेसन

पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ ले वडाभित्रका ९२ स्थानमा क्युआर कोडसहितको सांकेतिक बोर्ड राखेको छ ।

सो बार्डमा भएको क्युआर कोड मोवाइलमा स्क्यान गरेपछि लोकेसन पत्ता लाग्नेछ । जसले बाटो पत्ता लगाउन र गन्तव्यमा पुग्न सहज हुनेछ ।

नापी कार्यालय कास्कीको सहयोगमा वडाले गुगल प्लस र क्युआर स्क्यान राखेको हो ।

अहिले ९२ स्थानमा मात्रै यस्तो गरिएको भए पनि यसलाई आगामी दिनमा निरन्तरता दिने वडाध्यक्ष किरण बरालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button