गोरखामा गोरुको आक्रमणबाट पाण्डेको मृत्य, घटना शंकास्पद

गोरखा । गोरुको आक्रमणबाट गोरखामा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गण्डकी गाउँपालिका वडा नं. ४ खुदीटारका भोजबहादुर पाण्डे रहेका छन् ।

पाण्डेका आफ्नै भतिजाले पालेको गोरु गोठबाट फुस्किएर घर नजिकैको बारीमा काम गरिरहेका पाण्डेलाई आक्रमण गरेको थियो । गोरुको आक्रमणबाट पाण्डेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घटनाका बारेमाा जानकारी प्राप्त भएपछि ताङलीचोकबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरेको थियो ।

घटना शंकास्पद लागेकाले सुक्ष्म अनुसन्धान गरिरहेको गोरखा प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।

जिल्ल प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर कोइरालाको टोलीले अनुसन्धान गरिरहेको उनले बताए । पाण्डेको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button