बाल क्लबहरूसँग जिससकाे अन्तरसंवाद

  • पोखरा न्यूज
  • २०८० माघ २४
बाल क्लबहरूसँग जिससकाे अन्तरसंवाद

पोखरा । जिल्ला समन्वय समिति कास्कीले बाल क्लबहरूसँग अन्तरसंवाद गरेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले संविधान, ऐन, कानूनले व्यवस्था गरेका विषयको व्यावहारिक कार्यान्वयनमा देखिएका अप्ठेरो हटाउन स्थानीय तह र सेवाप्रवाह गर्ने सरकारी निकाय संवेदनशील र जवाफदेही हुनुपर्ने भन्दै गुनासाको समयानुकूल तत्काल व्यवस्थापनमा ध्यान दिन आग्रह गरे ।

पौडेलले बालबालिकाका सरोकारका विषय भोलिको राष्ट्रको भविष्यसँग जोडिएको हुँदा सबै स्थानीय तह हरेक दृष्टिकोणबाट बालमैत्री हुनैपर्ने उल्लेख गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले आफ्ना कर्तव्य र दायित्व ख्याल गर्दै हक अधिकारको पक्षमा वकालत गर्नुपर्ने बताए ।

उनले बालबालिकाको सम्बन्धमा बनेका ऐन, कानुन र नीति नियमको कार्यान्वयनमा राज्य र समाजका सबै निकायहरू आआफ्नो क्षेत्रमा क्रियाशील हुनुपर्ने बताए ।

कास्कीका सबै स्थानीय तहसहित सम्पूर्ण सरोकारवाला र सेवा प्रवाह गर्ने निकाय बालमैत्री बनाउन प्रयास भएको घिमिरेले दिए ।

कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद् गण्डकी प्रदेशका बाल समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले, श्रम कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेशराज ढकाल, इन्सेक पोखरा कार्यालयका प्रमुख शिव खकुरेल, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालयका अधिकृत टंकप्रसाद खनाल, बाल सञ्जाल कास्कीका अध्यक्ष समीक्षा लामिछाने, जिल्ला शिक्षा समन्वय एकाइ कास्कीका अधिकृत प्रकाश बन्धु अर्याल लगायतले बोलेका थिए ।

जिसस प्रमुख पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिसस उपप्रमुख सरिता मालले स्वागत र जिल्ला समन्वय अधिकारी नवराज बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस