
पोखरा । नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन होटल पोखरा ग्राण्ड इकाइको अध्यक्षमा यमप्रसाद सापकोटा चयन भएका छन् ।
संस्थाको मंगलबार सम्पन्न विशेष अधिवेशनले सापकोटालाई अध्यक्षमा चयन गरेको हो ।
युनियनको युनियनको उपाध्यक्षमा शुभलक्ष्मी गुरुङ, सचिवमा रामचन्द्र आचार्य, सहसचिवमा बमबहादुर बिष्ट र कोषाध्यक्ष तिलक शर्मा छन् ।
यसैगरी सदस्यमा हरि आचार्य, शिवलाल तिवारी, समर्पण भुजेल, कल्पना खतिवडा, विश्वमोहन लम्साल, सूर्य सिंखडा, अम्बिका केसी, दीपेन्द्र कुँवर र सोवित गिरी छन् ।
कमिटीको सल्लाहकारमा शम्भु केसी र सन्तोष सिंह छन् ।





