भण्डारी धरौटीमा रिहा

पोखरा । पोखरास्थित मित्रमिलन सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएर पक्राउ परेका विष्णुप्रसाद भण्डारी धरौटीमा छुटेका छन् । भण्डारी सोमबार राति निवासबाटै पक्राउ परेका थिए ।

थुनछेक बहसपछि कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले भण्डारीलाई सात लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

त्यसपछि सात लाख धरौटी बुझाएर भण्डारी रिहा भएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

सहकारी घोटलामा जोडिएका सूर्य अधिकारी पनि यसअघि धरौटीमै रिहा भएका थिए । सहकारीका अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, सदस्य गोपाल खनाल, राजु बराल र बुद्धिसागर पौडेल थुनामा छन् ।

सहकारीबाट करोड बढी घुस लिएको आरोप लागेका कुश्मा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत तथा सहकारी रजिष्ट्रारको कार्यालयका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली पूर्पक्षका लागि थुनामै छन्

यस प्रकरणमा जोडिएका ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा २५ जना अझै फरार छन् ।

सहकारीका ३ हजार ४ सय ४६ वचतकर्ताका २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएकोमा सरकारी वकिलको कार्यालयले कानुन बमोजिम सजाय र २१ करोड बिगो माग दावी गरेर मुद्दा दायर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button