गोठमा आगो लाग्दा दुई बालबालिकाको मृत्यु

  • पोखरा न्यूज
  • २०८० माघ २४
गोठमा आगो लाग्दा दुई बालबालिकाको मृत्यु

|फाइल तस्बिर

अछाम । अछाम जिल्लाको मेल्लेख गाउँस्थित एउटा गोठमा खेलिरहेका दुई जना बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ ।

आज साँझ जिल्लाको मेल्लेख गाउँपालिका-३ ठाटी दर्बा निवासी जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको गोठमा आगलागी हुँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अङ्कित बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी सन्तोष पाठकले जानकारी दिए ।

दुवै बालबालिकाको जलेको शव गोठबाट निकालिएको उनले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस