प्रधानमन्त्री परिवर्तन गर्ने बेला भएको छैन : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले प्रधानमन्त्री परिवर्तन गर्ने समय नभएको बताएका छन् ।

नेपाली कांग्रेसका केही नेताहरूले पूर्वसहमतिअनुसार अब नेकपा (एस)का अध्यक्ष नेपाल प्रधानमन्त्री हुनुपर्ने अभिव्यक्ति सार्वजनिक भइरहेको सन्दर्भमा पत्रकारका जिज्ञासाको जवाफमा नेता नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै पदमा रहनुपर्ने बताए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

संसद् बैठकपछि अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकारहरूलाई नेता नेपालले भने, “अब सरकारले आगामी आवका निम्ति नीति तथा कार्यक्रम अनि बजेट तयार गर्नुपर्ने भएकाले प्रधानमन्त्री परिवर्तनको विषय सार्वजनिक गर्ने उपयुक्त समय होइन । प्रचण्डजी नै प्रधानमन्त्री रहनुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button