यातायात व्यवस्था मन्त्रालयमा भएको घटनाप्रति दुःखी छु : संयोजक पौडेल

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीको कार्यकक्षमा केही व्यवसायी र मजदुरबाट भएको कार्यप्रति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिका संयोजक केदार प्रसाद पौडेलले आफू दुःखी भएकाे बताएका छन् ।

बुधबार एक ध्यानाकर्षण पत्र प्रकाशित गर्दै पाैडेलले यस्ताे बताएका हुन् ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीको कार्यकक्षमा केही व्यवसायी र मजदुरबाट भएको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको उनले जनाए ।

कुनै पनि विषयमा छलफल तथा संवाद गर्दा मजदुर तथा व्यवसायी प्रतिनिधिले संयमित तथा अनुशासित भई आफ्ना कुरा राख्न उनले अनुरोध गरेका छन् ।

“भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ज्ञापनपत्र बुझाउने सन्दर्भमा मजदुर तथा केही व्यवसायीहरुबाट सम्बन्धित मन्त्रालयका मन्त्रीको कार्य कक्षभित्र जुन खालको प्रस्तुति हुन गयो, यो हर्कतबाट नेपाल यातायात व्यवसायी राष्ट्यि महासंघ गण्डकी प्रदेश संयोजकको नाताले मलाई निकै स्तब्ध तथा आत्मग्लानी बनाएको छ”, संयोजक पौडेलले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छ ।

महासंघले गण्डकी प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरेको यातायातसम्बन्धी केही नीतिगत अस्पष्टता लगायत अन्य केही विषयहरुमा समितिको ध्यानाकर्षण भएको जनाएको छ ।

गण्डकी प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरेको यातायातसम्बन्धी केही नीतिगत अस्पष्टता हटाउने र केही बुँदा संशोधन गर्न माग गर्दै यातायात व्यवसायी र मजदुर सम्वद्ध नेताहरुले ज्ञापन पत्र गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीलाई बुझाएका थिए ।

सोक्रममा सहभागी केही व्यवसायी र मजदुर नेताले नियमावलीका बारेमा टिप्पणी गरेपछि मन्त्री जुग्जाली रिसाएका थिए ।

ध्यानाकर्षण पत्र

घटना षड्यन्त्रपूर्वक

यो घटना षड्यन्त्रपूर्वक नै घटाइएको हुन सक्ने यातायात क्षेत्र सम्बद्ध एक मजदुर नेताले बताएका छन् । “नियमावलीका केही बुँदा हामीलाई सिध्याउने खालकै छन्”, उनले भने, “नियमावलीका बुँदा सच्याउन संयमित ढंगले अघि बढेर आवश्यक परे आन्दोलनमै जान सकिन्थ्यो ।”

“यसलाई अतिरञ्जित गरेर विषयलाई अन्यत्रै मोड्ने जुन प्रपञ्च भयो त्यो अत्यन्तै दुःखद् छ”, उनले पोखरान्यूजसँग भने, “यस विषयमा महासंघ नै डराएको र आन्दोलनमा जान नखोजेको जस्तो देखियो ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button