पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक सनत कुमार श्रेष्ठको निधन

पोखरा । पोखरास्थित पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक सनत कुमार श्रेष्ठको निधन भएको छ । उनको बुधबार बिहान ९ बजे हृदयघातका कारण ५५ वर्षको उमेरमै निधन भएको बताइएको छ ।

श्रेष्ठ पोखरा महानगरपालिका वडा नंं ३० गगनगौंडा निवासी हुन् । पछिल्लो समय पिएन क्याम्पसको क्वाटरमै बस्दै आएका श्रेष्ठ बुधबार बिहान चिया पिउँदै गर्दा अचानक ढल्न पुगेका थिए । उनलाई तत्कालै अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको बताइएको छ ।

उनको बुधबार नै पोखरा ३० मा अन्त्येष्टि गरिएको छ । उनका आमा, भाइ, श्रीमती, एक छोरा र एक छोरी छन् ।

उपप्राध्यापक श्रेष्ठ नेपाली कांग्रेस निकटका हुन् । उनी नेपाल प्राध्यापक संघ जनप्रिय क्याम्पस इकाइका पूर्व उपसभापति हुन् । साथै श्रेष्ठ रोटरी क्लब अफ लेखनाथमा पनि आवद्ध थिए ।

यसैबीच श्रेष्ठको निधनप्रति नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले दुःख व्यक्त गरेको छ । पार्टी सचिव टुवराज बास्तोलाले शोक विज्ञप्ति प्रकाशित गर्दै श्रेष्ठको निधनले कांग्रेसका लागि अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

साथै उनले कांग्रेसले सामाजिक, बौद्धिक एवं सकारात्मक सोँचका धनी व्यक्तित्व श्रेष्ठलाई गुमाएको उल्लेख गरेका छन् ।

श्रेष्ठप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै सचिव बास्तोलाले परिवारजनामा गहिरो समवेदना प्रकट गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button