
पोखरा । पोखरा महानगरपालिका वडा नं. ११ फूलबारी सफा मार्ग बस्ने ४४ वर्षकी दीपा लामिछाने रिहा भएकी छन् ।
उनलाई कास्की प्रहरीले पक्राउ गरि माघ २३ गते अदालत पेस गरेको थियो ।
त्यसपछि दीपाले बादी पक्षलाई मिलाउनुपर्ने कारोबार मिलाएपछि अदालतले कैद राख्नुनपर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।
अदालतबाट पत्र प्राप्त भएपछि उनलाई रिहा गरिएको डीएसपी विकले जानकारी दिए ।
अदालतले माघ ५ गते बिगो लेनदेन मुद्धामा उनीविरुद्ध १ वर्षको कैद सजाय गर्ने फैसला गरेको थियो ।





