अनेमसंघ मुस्ताङ-कास्की सम्पर्क कमिटी गठन, अध्यक्षमा सबी

पोखरा । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ मुस्ताङ-कास्की सम्पर्क कमिटी गठन भएको छ । संघको प्रथम भेलाले सबी शेरचनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा अनिता घताने, सचिवमा ममता गौचन, सहसचिवमा बिमला परियार र कोषाध्यक्षमा नरशोभा बुढाथोकी छन् ।

यसैगरी कार्यसमिति सदस्यमा शान्ति थकाली, मीना तुलाचन, गौमाया तुलाचन, बिष्णु शेरचन, सरला थकाली, सुनमाया घताने, मञ्जु गुरुङ, अनिता छन्त्याल, भीमकुमारी थकाली र सुनिता विश्वकर्मा छन् ।

नवनिर्वाचितहरुलाई अनेम संघकी स्थायी कमिटी सदस्य एवं नेकपा एमाले गण्डकी प्रदेशकी उपसचिव मञ्जु अधिकारीले पद तथा गोपनीयता सपथ गराएकी थिइन् ।

भेलाको उद्घाटन गर्दै अधिकारीले संघ विस्तारसँगै महिला हकअधिकार, संगठन विस्तार र महिलामाथि पर्ने विभिन्न समस्या सम्वोधन गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा अनेम संघ गण्डकी प्रदेशकी सहईञ्चार्ज एवं प्रदेशसभा सदस्य देवका पहाडी, अनेम संघ मुस्ताङकी ईञ्चार्ज शर्मिला गुरुङ, अनेम संघ गण्डकी अध्यक्ष हिराकुमारी गिरी, अनेम संघकी केन्द्रीय सदस्य सुनदेवी रसाईली र अनेम संघ मुस्ताङकी अध्यक्ष मिमकुमारी शेरचन लगायतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button