पोखरास्थित सशस्त्र प्रहरी बलका ५ एसपीको सरुवा

पोखरा । सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले एकैपटक १ सय जना एसपीहरुको सरुवा गरेको छ । सशस्त्र प्रहरी उपरीक्षकहरुले विगतको कमाण्डलाई आधार मानेर ज्येष्ठ सशस्त्र प्रहरी उपरीक्षकहरुलाई सो अनुसारको जिम्मेवारीमा सरुवा गरिएको बताइएको छ ।

सरुवा हुनेमा कास्कीस्थित मुक्तिनाथ बाहिनी मुख्यालयका सशस्त्र प्रहरी उपरीक्षक जनक पुरी, प्रदीप खड्का, सूर्यप्रसाद तिमिल्सिना, कालिका गणका धनबहादुर बानियाँ, नेपाल हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटनका अरुण कुमार शर्मा छन् ।

सरुवा सूची अनुसार एसपी पुरीको नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा, खड्काको नेपाल नं. १ गण हेडक्वाटर श्रीअन्तु इलाममा, तिमिल्सिनाको नेपाल हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा, बानियाँको राष्ट्रिय सुरक्षा परिषद् सिंहदरबारमा र शर्माको नेपाल नं. २४ गण हेडक्वाटर कालिका कास्कीमा सरुवा गरिएको हो ।

यसैगरी मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीमा एसपी शोभाकान्त खनाल र चन्द्रप्रसाद गैरे आउने भएका छन् । यसअघि खनाल नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी र गैरे नेपाल नं. २३ गण हेडक्वाटर मनकामना तनहुँमा कार्यरत थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button