विवाहमा आएकी महिलाको व्याग चोर्ने पोखराका श्रेष्ठ पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले विवाहमा सहभागी महिलाको व्याग चोरी गरी भागेका एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नंं १६ बाटुलेचौरका ३५ वर्षका सञ्जय श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार बुधबार करिब साँझ ७ बजे नदीपुरस्थित शाक्य समाज घरमा आएकी एक महिलाले आफ्नो व्याग टेवलमा राखेर कपडा मिलाउँदै गर्दा श्रेष्ठले व्याग टिपेर भागेका थिए ।

व्याग चोरी भएको सूचना पाएपछि वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले श्रेष्ठलाई करिब डेढ घण्टा अर्थात राति ८ः४५ बजे नदीपुरको नारायणस्थान नजिकैबाट श्रेष्ठलाई पक्राउ गरिएको हो ।

श्रेष्ठको साथबाट महिलाको व्यागसहित व्यागमा रहेको १२ हजार ५ सय रुपैयाँ, कानमा लगाउने सुनको टप एक जोडी, तिलहरि १ थान, मोवाइल एक थान बरामद भएको थियो ।

पक्राउ परेका श्रेष्ठविरुद्ध चोरी मुद्धामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button