ट्रकको ठक्करबाट घिमिरेको मृत्यु

महोत्तरी । महोत्तरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बर्दिबास नगरपालिका वडा नं. ४ मा ट्रकको ठक्करबाट ५० वर्षीय जयहरि घिमिरेको मृत्यु भएको हो ।

गएराति घिमिरे सवार बा४०प ४९४० नम्बरको मोटरसाइकललाई ना५ख ८५८७ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एक जना अधिकृतले जानकारी दिए ।

ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button