
पोखरा । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ ।
आज सुन १ सय र २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदी १ हजार ३ सय ९० रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।





