पोखरामा फागुन १ गतेदेखि बिटीकप

पोखरा । पोखरामा १७औं बिटीकप खुला फुटबल प्रतियोगिता हुने भएको छ । बुद्धटोल युवा (बिटी) क्लबले पोखराको पुरानो टुँडिखेल मैदानमा फागुन १ गतेदेखि खुला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

क्लबका अध्यक्ष अशिम थापाले फुटबलको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्दै आएको बताए ।

‘पोखरामा निरन्तर हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको लिस्टमा हाम्रो प्रतियोगिता पनि पर्छ । त्यसैले हामी १७ औं संस्करणसम्म निरन्तर आइपुगेका छौँ’, अध्यक्ष थापाले भने, ‘यस प्रतियोगिताले फुटलबको विकासमा थप सघाउ पुग्ने विश्वास लिएका छौं ।’

‘हाम्रो प्रतियोगिता पोखराको चर्चित र लोकप्रिय प्रतियोगिता हो’, अध्यक्ष थापाले भने, ‘त्यसैले यसमा सहभागी हुन धेरै टिमहरु इच्छुक हुनुहुन्छ । उहाँहरुको सहभागिताकै आधारमा समापन मिति पनि तय हुनेछ ।’

प्रतियोगिता विजेतालाई नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, उपविजेतालाई १ लाख ५ हजार ५ सय ५५ रुपैयाँको साथमा सिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदाख गरिनेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई नगद रु १० हजारले पुरस्कृत गरिने बताए ।

यस्तै, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८/८ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।

टिम सहभागिताका लागि नगद रु ९ हजार निर्धारण गरिएको सो प्रतियोगितामा करिब ५० टिमको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ । यसअघिको संस्करणको उपाधि पोखरेली क्लब गन्नी एफसीले जितेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button