प्रहरी तालिम केन्द्र पोखराका एसएसपी पौडेलको सरुवा

पोखरा । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ ।

सरुवा सूची अनुसार गण्डकी प्रदेश तालिम केन्द्र पोखराका अरुण पौडेललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखामा सरुवा गरिएको छ ।

पौडेलको स्थानमा मुकुन्द मरासिनीलाई पठाइएको छ । मरासिनी यसअघि नेपाल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा काठमाडौंमा कार्यरत थिए ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेको निर्णयअनुसार एसएसपीहरु अरुण पौडेलसहित ईश्वर कार्की, ओम बहादुर राना, कृष्णबहादुर पल्ली मगर, कृष्णहरि शर्मा पोखरेलको सरुवा भएको छ ।

यस्तै, गणेश चन्द, शेखर खनाल, सिद्धि विक्रम शाह, सुशील सिंह राठौर, गोपालचन्द्र भट्टराई, जीवनकुमार श्रेष्ठ, दीप शम्शेर जबरा, प्रवीण पोखरेल, मुकुन्द मरासिनी, रमेश कुमार बस्नेत र राजेन्द्र कुमार भट्टको पनि सरुवा भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button