विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै

  • पोखरा न्यूज
  • २०८० माघ २८
विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै

पाेखरा । विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघद्वारा प्रत्येक वर्ष ११ फेब्रुअरीमा विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिएको छ ।

नेपालसहित संसारभर विज्ञानमा महिलाको भूमिका र योगदानको सम्झना गर्दै तथा खुसी साटासाट गरी यो दिवस मनाइदैँ आएको छ ।

अहिलेको युग विज्ञान र प्रविधिको युग हो ।

अहिले दिनप्रतिदिन विज्ञानको महत्व अत्यन्त बढेको छ ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा महिलाको पहुँच वृद्धि गर्न यो दिवस मनाइनुको खास उद्देश्य हो ।

जबसम्म विज्ञानमा महिलाको समान पहुँच र उत्साहजनक सहभागिता हुँदैन, तबसम्म महिला-पुरुषबीचको असमानताको अन्तरलाई घटाउन सकिँदैन भन्नेमा अधिकाशंको धारणा छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस