सुनको भाउ घट्यो

पोखरा । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

आइतबार ५ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय र तेजावी सुन १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

साथै गत शुक्रबारको तुलनामा आइतबार चाँदीको भाउ भने स्थिर रहेको छ ।

गत शुक्रबार १ हजार ३ सय ९० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button