पोखरा । कास्कीकोट-पोखरा सम्पर्क समितिको अध्यक्षमा चिन्तामणि अधिकारी निर्वाचित भएका छन् । समितिको ११औं बार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा योगेन्द्र सुवेदी, सचिवमा डिल्लीराम भट्टराई, सहसचिवमा दुर्गा सुवेदी, कोषाध्यक्षमा बलराम गौतम छन् ।
यसैगरी कार्यसमिति सदस्यहरुमा प्रेमबहादुर खड्का, दुर्गा गिरी, गंगा गिरी, भीममाया सुवेदी, अमृत प्रसाद भट्टराई, होमबहादुर परियार, गणेश केसी, पूर्णप्रसाद अधिकारी, लालुप्रसाद अधिकारी, जीवन अधिकारी छन् ।
कृष्णप्रसाद त्रिपाठी संयोजक, यादव प्रसाद भट्टराई र दिननाथ सुवेदी सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन सम्पन्न गरेको हो ।
यसअघि साधारणसभा उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले कास्कीकोटलाई समृद्ध बनाउन आफू लागिपरेको भन्दै वृन्दावन धाम स्थापनाका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।
साथै उनले पुम्दीकोट र कास्कीकोट जोड्न पहल गर्ने योजना रहेको भन्दै समग्र कास्कीकोट विकासका लागि सहअस्तित्व, सहकार्य, सहमति आवश्यक भएको बताए ।
पोखरा महानगरपालिका वडा नं. २४ वडाध्यक्ष भरत बहादुर अधिकारीले दक्षिण-उत्तर सडक जोड्ने योजना रहेको बताए । उनले करिब ४ करोडको लागतमा सहरी स्वास्थ्य केन्द्र निर्माणको तयारी भइरहेको जानकारी दिँदै समृद्ध कास्कीकोट बनाएरै छाड्ने उद्घोष गरे ।
कार्यक्रममा संस्थापक अध्यक्ष दुर्गा तिमिल्सिना, डा. यमनाथ तिमिल्सिना, प्रा वेदप्रसाद तिमिल्सिना, पूर्व अध्यक्ष भवानी सुवेदी, नेपाली काङ्ग्रेसका सभापति प्रताप बहादुर अधिकारी, पूर्व सचिव ईन्द्र जिसी, राप्रपाका सहमन्त्री जगत प्रसाद सुवेदी, नेकपा एमालेका देवीप्रसाद सुवेदी, पूर्व जनप्रतिनिधि सन्तु सुवेदी, माओवादी केन्द्रको तर्फबाट बलाराम तिमिल्सिना लगायतले बोलेका थिए ।
समितिका अध्यक्ष मीन बहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका डिल्लीराम भट्टराईले स्वागत र सचिव चिन्तामणि अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution