गाडी दुर्घटनामा परेका शंकर पोखरेलको काठमाडौंमा उपचार

काठमाडौँ । शनिबार दैलेखमा भएको सवारी दुर्घटनामा परेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आज काठमाडौँस्थित ट्रमा सेन्टरमा स्वास्थ्य जाँच गरिएको छ ।

सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी सवार गाडी सडकमा पल्टिँदा उनी सामान्य घाइते भएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

“उहाँ आज ट्रमा सेन्टरमा गइ उहाँको स्वास्थ्य जाँच गर्दा सामान्य चोटपटक मात्रै देखिएको छ”, उनले भने, “उहाँको तिघ्रा र हातमा समान्य चोट लागेको छ । भिडियो एक्सरे गरेर हेर्दा कुनै त्यस्ता खतरा छैन ।”

महासचिव पोखरेलले आजै सुर्खेतबाट काठमाडौँ आएका थिए । जिल्ला अधिवेशन उद्घाटन गर्न दैलेख जान लाग्दा दैलेखको डुङेश्वर गाउँपालिका-१ चुप्रा नजिकै उनी सवार गाडी सडकमा पल्टेको थियो ।

गाडीमा एमाले महासचिव पोखरेलसहित केन्द्रीय सदस्य दीपा शर्मा कर्णाली प्रदेश कमिटी सचिव धु्रव शाही पनि थिए ।

गाडीमा रहेका कर्णाली प्रदेशका उपसचिव पद्मा खड्काको हातमा चोट लागेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button