लायन्स डिष्ट्रिक्ट गभर्नरमा पोखराका ढुंगानाको उम्मेद्वारी

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नरमा पोखराका बनोद ढुंगानाले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् ।

आगामी चैत्र ३ गते काठमाडौंमा सम्पन्न दोस्रो डिष्ट्रिक्ट कन्भेन्सनका लागि लायन्स क्लब अफ पोखरा अभियानका संस्थापक अध्यक्ष ढुंगानाले डिष्ट्रिक्ट गभर्नरमा उम्मेद्वारी प्रस्तुत गरेका हुन् ।

मनोनयन दर्ता कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका उम्मेद्वार मनोनयन समितिका संयोजक एवं डिष्ट्रिक्ट ३२५ आई नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्साल समक्ष उनले उम्मेद्वारी दर्ता गराएका हुन् ।

उनीसँगै प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन्स क्लब अफ काठमांडौं परोपकारका संस्थापक अध्यक्ष पार्वती खरेल पाण्डे र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन्स क्लब अफ काठमाडौं साकुराका संस्थापक प्रथम उपाध्यक्ष सूर्य केसीले उम्मेद्वारी दर्ता गराए ।

डिष्ट्रिक्ट गभर्नरका उम्मेद्वार ढुंगानाको परिचय लायन्स क्लब अफ पोखरा अभियानका संस्थापक सदस्य प्रदीप लम्साल, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नरका उम्मेद्वार खरेलको परिचय लायन्स क्लब अफ काठमाडौं परोपकारका पूर्वअध्यक्ष सुवासचन्द्र जोशी र द्वित्तीय भाइस डिष्ट्रिक्ट पदका उम्मेद्वार केसीको परिचय लायन्स क्लब अफ काठमाडौँ साकुराका द्वित्तीय उपाध्यक्ष सुशलिा लोहनीले गराएकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button