नदीजन्य पदार्थ चोरी निकासी गर्ने २ टिपर नियन्त्रण

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अवैधरुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने गरेको भन्दै दुई वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

पोखरा महानगरपालिका वडा नं. १६ लामाचौरबाट आइतबार बिहान करिब १० बजे दुई वटा टिपरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कार्वाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरा र आन्तरिक राजश्व कार्यालय पोखरालाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले ग१ख ८५८६ र र बा२ख ३०४६ नम्बरको टिप्परलाई नियन्त्रण नियन्त्रणमा लिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button