पञ्चकोटमा गण्डकीको मन्त्रीपरिषद् बैठक आज बस्दै

पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठक आज बागलुङ्गको पञ्चकोटमा बस्दैछ ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीयस्थलको प्रवर्द्धनका लागि प्रदेशका विभिन्न ठाउँमा मन्त्रिपरिषद्को बैठक गर्ने योजनाअनुसार पञ्चकोटमा बैठक बस्न लागेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए

“पञ्चकोटको पर्यटन प्रवर्द्धनमा मद्दत पुगोस् भन्ने सरकारको अपेक्षा छ । अब प्रदेशका मुख्यमुख्य ठाउँमा मन्त्रिपरिषद्को बैठक बस्नुपर्छ भन्ने लागेको छ ।

हामीहरुले सबै धार्मिक तथा पर्यटकीय ठाउँहरुको विकास, प्रचार-प्रसार गर्नुछ,” मुख्यमन्त्रीले भने ।

गण्डकी प्रदेशमा धार्मिक तथा पर्यटकीय गन्तव्य धेरै भएको र यी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाउनका लागि प्रदेश सरकार गम्भीर भइ लागेको मुख्यमन्त्रीको भनाइ छ ।

पञ्चकोटमा फागुन ९ देखि २३ गतेसम्म ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८०’ पनि आयोजना हुँदैछ ।

मन्त्रिपरिषद्को बैठकपछि महायज्ञमा धेरैभन्दा धेरै भक्तजनहरु आउने विश्वास लिइएको मुख्यमन्त्रीले बताए ।

गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक पोखराभन्दा बाहिर पहिलो पटक बस्न लागेको हो ।

पञ्चकोटका संस्थापकसमेत रहेका अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको परिकल्पना र आह्वानमा नेपालमा पहिलो पटक यो महायज्ञ हुन लागेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button