पोखरा । आज मंगल चौँथी व्रत गर्ने दिन रहेको छ । वैदिक सत्य सनातन हिन्दू धर्मावलम्वीहरुले आजका दिन विशेष गरेर भगवान् श्री गणेशको पूजा आराधना गरी मनाउने प्रचलन छ ।
भगवान् गणेशको जन्मदिन चतुर्थी पर्ने भएकोले आजको दिनमा गणेशको पूजा गरेर मंगल चौथी मनाउने परम्परा रहेको छ । आज देशभरका गणेश मन्दिरहरूमा मेला लाग्ने गर्दछ ।
मंगलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरूले आज सबैभन्दा शुभ दिन मानेर व्रत प्रारम्भ गर्ने गर्दछन् भने कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नुअघि हिन्दु धर्म संस्कारमा भगवान् श्री गणेशको आराधना र स्मरण गर्ने प्रचलन रहेको छ ।
भगवान् श्री गणेशलाई मंगलकार देवता मानिन्छ । गणेश शुभफल प्रदान गर्ने देवताको रूपमा चिनिन्छन् ।
आज संक्रान्तिको दिन पनि परेको हुनाले यस दिनको महत्व अझै धेरै हुन्छ । मङ्गलबार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरुले आज सबैभन्दा शुभ दिन मानेर व्रत प्रारम्भ गर्ने गरेको पाइन्छ।
आजको दिन श्रद्धापूर्वक श्री गणेशको व्रत लिनाले गणेश भगवान् प्रशन्न भई व्रतालुहरूलाई चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता रहेको छ ।
भगवान् गणेशको जन्म भाद्र शुक्ल चतुर्थीका दिन भएको थियो । त्यसैले वर्षमा मंगलवार पर्ने चतुर्थी तिथिलाई गणेश चौथीको रूपमा पूजा आराधना गर्ने वैदिक सत्य सनातन हिन्दू धर्मावलम्वीहरुको परम्परा रही आएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution